ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यो साता तोलामा ३६ सय रुपैयाँ बढ्यो सुनको भाउ, कुन दिन कति वृद्धि ?

२०७९ चैत, ४  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यो साता सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतवार ताेलाको १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको सुनको भाउ शुक्रवार १ लाख ७ हजार १०० रुपैयाँ तोकिएको छ ।

शनिवार भने अघिल्लो दिनकै मूल्यमा सुन खरीदविक्री भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले शनिवार (अपवादबाहेक) सुनचाँदीको मूल्य तोक्ने गरेको छैन ।  

कुन दिन कति बढ्यो ?

आइतवार तोलामा १ हजार ७०० रुपैयाँ बढेर १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ साेमवार तोलामा ७०० रुपैयाँ वृद्धि भई १ लाख ४ हजार १०० कायम भयो । म‌ंगलवार पनि भाउ बढ्ने क्रम रोकिएन । यो दिन सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ५ हजार ७०० रुपैयाँ तोकियो । 

बुधवार भने सुनको भाउ स्थिर रह्यो । तर, त्यसपछि पनि यसको भाउ बढ्ने क्रम रोकिएन ।  बिहीवार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भयो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)