ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नवलपरासीमा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु

२०७९ चैत, ४  
समाचार
Tvs Raider Image Not Found
प्रतीकात्मक तस्वीर ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । जिल्लाको दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच शुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–४ र हुप्सेकोट गाउँपालिका–३ मा जग्गा नापजाँच थालिएको हो । 

भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरी वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् । 

देवचुली नगरपालिका–४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेमा आशा बढेको बताए । ‘५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खाली आसमात्र दिएका छन्,’ उनले भने, ‘यसपालि जग्गा नापजाँच शुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।’ 

जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका–३ का रेवती सारुले बताइन् । 

हुप्सेकोट गाउँपालिका–३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाए । वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताए । 

हुप्सेकोट गाउँपालिकामा २ हजार ५०० र देवचुली नगरपालिकामा ४ हजार ४६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरी परिवारको बसोबास छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)