ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तरराष्ट्रिय फौजदारी अदालतले जारी गर्‍यो पक्राउ पूर्जी

२०७९ चैत, ४  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आईसीसीले पक्राउ पूर्जी जारी गरेको हो । 

रूसले युक्रेनमा आफ्नो पूर्ण आक्रमण शुरू गरेकै दिन २४ फेब्रुअरी २०२२ बाट पुटिनले युद्ध अपराध गरिरहेको आईसीसीले दाबी गरेको छ । उनीमाथि युक्रेनबाट बालबालिकालाई अवैधरूपमा रुस पठाइरहेको आरोप पनि छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गर्ने आईसीसीको फैसलाको रुसको विदेश मन्त्रालयले भने खण्डन गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ताले यसको कुनै महत्त्व नभएको बताएकी छन् । प्रवक्ता मारिया जाखारोभाले भनिन्, ‘अन्तरराष्ट्रिय फौजदारी अदालतका निर्णयहरूले पनि हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन ।’ 

यसअघि रुसले युक्रेनमाथि आक्रमणको क्रममा युद्ध अपराध गरेको भन्ने आरोप अस्वीकार गरेको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)