ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

हस्तकलाका सामग्रीको निर्यात घट्यो

२०७९ चैत, ५  
१० वर्ष अघि
Tvs Raider NA

आर्थिक वर्ष ०६६/६७ मा हस्तकलाका सामग्रीको निर्यात १२ दशमलव १५ प्रतिशतले घटेको छ । राजनीतिक अस्थिरता, हस्तकलाका सामग्रीमा प्रयुक्त रङको गुणस्तरमा कमी, बढ्दो निर्यात लागतजस्ता कारणले निर्यात घटेको नेपाल हस्तकला महासंघका अध्यक्ष विकास धाख्वाले बताए । गत आवमा रू १ अर्ब ४७ करोड बराबरको सामग्री निर्यात भएको महासंघले जानकारी दिएको छ । अघिल्लो आव ०६५/६६ मा रू. १ अर्ब ६७ करोड बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो ।

विश्वव्यापी आर्थिक मन्दीका कारण निर्यातमा असर परेको बताइएको छ । अध्यक्ष धाख्वाका अनुसार सामग्री निर्माण गर्दा गुणस्तर र रङको छनोटमा विशेष ध्यान दिन सकिएमा निर्यात वृद्धि हुन सक्छ । गत आवमा नेपालबाट निर्यात भएका हस्तकलाका सामग्रीमध्ये पश्मिना, ऊनीका सामग्री, पोतेबाट बनेका सामग्री, धातुबाट निर्मित मूर्ति, हेम्प, अल्लो र सुतीजन्य वस्तु, ढाकालगायतका सामग्रीको निर्यात घटेको महासंघले जानकारी दिएको छ । अन्य वस्तुको निर्यातमा भने वृद्धि भएको बुझिएको छ । नेपालबाट करीब ४० प्रकारका हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । नेपालबाट विश्वका ७० मुलुकमा हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । ती सामग्री निर्यात भएका देशहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, क्यानडा, संयुक्त अधिराज्य, जापान, फ्रान्स, इटाली, डेनमार्क, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, बेल्जियम, अष्ट्रेलिया, भारत, चीन आदि छन् ।

वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)