ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ तालीम

२०७९ चैत, ५  
गण्डकी प्रदेश
Tvs Raider NA
author avatar अभियान संवाददाता

म्याग्दी । फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । तर, प्रचारप्रसारको अभावमा जिल्लाभित्र मात्र सीमित मुस्ताङी उत्पादनको स्वाद अब भने बाहिरका उपभोक्ताले समेत लिन पाउने भएका छन् ।

मुस्ताङमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेबान)ले यहाँका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’सम्बन्धी चारदिने तालीम प्रदान गरेपछि उनीहरूले स्थानीय उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी शुरू गरेका छन् ।

जिल्लामै खपत हुने यी हिमाली रैथाने उत्पादनहरूको माग काठमाडौं, पोखरा जस्ता शहरी क्षेत्रहरूमा उच्च छ । तर, व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्रै सीमित रहेका यी उत्पादन अब डिजिटल मार्केटिङको माध्यमबाट जुनसुकै ठाउँमा पनि मगाउन सकिने तालीमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले बताए ।

इमेल/इन्टरनेट र सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणका उपायबारे जान्न पाउँदा मुस्ताङका महिला उद्यमी उत्साहित भएको उनको भनाइ छ । मुस्ताङमा उत्पादन हुने वस्तुबारे थाहा पाएकाहरूले सीधा सम्पर्कबाट वा अन्य माध्यमबाट उत्पादनको खरीद गर्न सक्ने प्रशिक्षक पौडेलले बताए ।

मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पोखरा र मुस्ताङबीचको पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो । मुस्ताङका होटल व्यवसायी पनि यो तालीमबाट लाभान्वित भएको स्थानीय शोभित शेरचनले बताए । घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले मुस्ताङ क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाको सहयोग आवश्यक रहेका बताए  । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङका मौलिक उत्पादन नेपाली बजारमा मात्रै होइन, विश्व बजारमा समेत प्रवद्र्धन गर्न सक्नुपर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)