काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डबाट सहजीकरण भैरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको सम्बन्धमा जानकारी लिनुभएको छ ।
लगानी बोर्डका अध्यक्ष शुक्रवार बोर्डको कार्यालयमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास तथा समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा लगानी बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।
प्रधानमन्त्रीले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न बोर्ड तथा सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनमा सक्रिय रहन निर्देशन दिनुभएको थियो ।