काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको उनको भनाइ छ ।
तुलसीपुर चेम्बर अफ कमर्शको दोस्रो साधारणसभामा शनिवार बोल्दै मल्लले आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागू गर्नुपर्नेमा जोड दिए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा शुरुआती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नभए वित्तीय क्षेत्रमा अस्थिरता नआउने उनको दाबी छ ।