ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

२०७९ चैत, ५  
शेयर / बैङ्किङ गतिविधि
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । प्युजो र सिट्रोन कम्पनीका गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । नेपालका लागि ती गाडीको आधिकारिक विक्रेता सांग्रीला मोटोर्स प्रालि र बैंकबीच खरीद गर्ने ग्राहकलाई कर्जामा सहजिकरण गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक गौरवकुमार र सांग्रीलाका सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतामा प्युजो र सिट्रोनले उत्पादन गरेका गाडी खरीद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने उल्लेख छ । सम्झौताअनुसार बैंकका सबै शाखाहरूबाट ग्राहकलाई गाडीको लागि सुलभ ऋण सुविधा उपलब्ध हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)