ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

राष्ट्रपति पौडेलसँग नेपाल उद्योग परिसंघको बधाई भेट

२०७९ चैत, ५  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाई ज्ञापन गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले शनिवार राष्ट्रपति निवास शितल निवासमा बधाई ज्ञापन गरेको हो । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले मुलुकको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रको विषयमा निजी क्षेत्रको तर्फबाट सुझाव समेत दिएका थिए ।

समष्टिगत अर्थतन्त्रको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेकोले अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने र ब्याजदर घट्नुपर्ने उनको सुझाव थियो । उनले परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनमी’ अवधारणा राष्ट्रपति समक्ष पेश गरेका थिए । परिसंघको बधाई एवं अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेलले परिसंघको सुझावमा सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)