ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपालमा मल कारखाना : फोस्फेट ब्लेन्डिङमा आधारित उपयुक्त

२०७९ चैत, ५  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृषिप्रधान मुलुक नेपालमा रासायनिक मल अभाव प्रमुख समस्याका रूपमा रहेको छ । सरकारले केही दिनअघि रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेपछि झनै समस्या पर्ने भन्दै किसानले विरोध गरिरहेका छन् । यही समस्याको दीर्घकालीन समाधानका लागि नेपालमै मल कारखाना खोल्नुपर्ने बहस पनि बेलाबेलामा चल्ने गरेको छ ।

मल कारखाना खोल्ने चर्चा चलिरहँदा नाइट्रोजनमा आधारित मल कारखाना (युरिया उत्पादन गर्ने उद्योग) को बहस एकातिर छ भने अर्कातर्फ फोस्फेट ब्लेन्डिङमा आधारित मल कारखाना (सन्तुलित मल उद्योग) को । नेपालजस्तो मुलुकका लागि फोस्फेट ब्लेन्डिङमा आधारित कारखाना स्थापना गर्नु बढी उपयुक्त हुने सरोकारवाला बताउँछन् ।

रासायनिक मलको क्षेत्रमा लामो समय काम गरेका मलखाद व्यवसायी संघ नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त डल्लाकोटी नेपालजस्तो मुलुकका लागि फोस्फेट ब्लेन्डिङमा आधारित मल कारखाना सबैभन्दा उपयुक्त हुने बताउँछन् । नाइट्रोजनमा आधारित कारखाना (युरिया उत्पादन कारखाना) स्थापना गर्दा त्यसमा दैनिक करीब ८ सय मेगावाट बिजुली आवश्यक पर्ने र प्राकृतिक ग्यासको खपत पनि ठूलो मात्रामा गर्नुपर्ने जानकार बताउँछन् । नाइट्रोजन ४६ प्रतिशत (युरिया) उत्पादन गर्ने एउटा सानो कारखाना स्थापना गर्न पनि खर्ब रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने हुन्छ । ‘यसबाट हामीलाई चाहिनेभन्दा बढी मल उत्पादन हुन्छ तर हाम्रो बजार सानो छ । त्यसैले अहिलेको अवस्थामा यो विषय अलि असम्भव जस्तो देखिन्छ,’ डल्लाकोटीको तर्क छ ।

यद्यपि निजीक्षेत्रको सहभागितामा फोस्फेट ब्लेन्डिङमा आधारित मल कारखाना स्थापनाको सम्भावना नेपालमा छ । यसबाट २०–२०–० अर्थात् डीएपी उत्पादन हुन्छ । यसमा नाइट्रोजन र फोस्फेट मिक्स गरेर मल उत्पादन हुन्छ । यो करीब १ खर्बको लगानीमा स्थापना गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन् । लगानी बोर्ड नेपालले २०१५ मा गरेको अध्ययनअनुसार नेपालमा नाइट्रोजनमा आधारित मल कारखाना खोल्न ७५ अर्ब ५८ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

डल्लाकोटीका अनुसार फोस्फेट ब्लेन्डिङमा आधारित मल कारखानाबाट विभिन्न प्रकारका मल उत्पादन गर्न सकिन्छ । सबै बालीनालीलाई नाइट्रोजन आवश्यक हुँदैन । तरकारी, धान, गहुँलगायत बालीलाई नाइट्रोजन मात्रै नभई मिक्स मल आवश्यक हुन्छ । यस्तो कारखानाबाट उत्पादन भएको मलमा नाइट्रोजन, फोस्फोरस, पोटास, आइरन, बोरन, कपरलगायत सबै तत्त्वको सम्मिश्रण एउटै मलमा सन्तुलित किसिमले हुन्छ । यो सन्तुलित रासायनिक मलको उद्योग पनि हो । त्यसैले यसलाई सन्तुलित मल भन्ने गरिन्छ ।

यस्तो कारखानाबाट धान, मकै, गहुँ, गेडागुडी, फलफूल, तोरीलगायत बालीका लागि आवश्यक पर्ने मल उत्पादन गर्न सकिन्छ । भारत, पाकिस्तान, बंगलादेशजस्ता मुलुकमा पनि फोस्फेट ब्लेन्डिङमा आधारित मल कारखाना स्थापना गरिएका छन् । भारतमा मात्रै ३० ओटाभन्दा बढी यस्ता कारखाना स्थापना गरिएका छन् ।

मल समस्याको दीर्घकालीन समाधानका लागि सरकारले मल नीति २०५३ लाई सुधार गर्दै निजीक्षेत्रलाई यसमा सहभागी गराउने र फोस्फेट ब्लेन्डिङमा आधारित मल कारखाना स्थापनाबारे सोच्नुपर्ने सरोकारवाला बताउँछन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका खरीद महाशाखा प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार नेपालमा नाइट्रोजनमा आधारित मल कारखाना स्थापना गर्नै नसक्ने भन्ने समस्या छैन ।  ‘यस्तो कारखाना खोल्ने हो भने पनि सबैभन्दा पहिला हाम्रो बजारको क्षमता आकलन गरेर त्यसबाट उत्पादन हुने मलका लागि बजार सुनिश्चित गर्नुपर्छ,’ प्रमुख कार्कीेले भने, ‘हामीले अर्बौं रुपैयाँ खर्चेर कारखाना स्थापना गरिसकेपछि त्यसबाट ठूलो मात्रामा मल उत्पादन हुन्छ अनि नेपालको बजारलाई पुगेर बढी भएको मल बेच्नुपर्ने अवस्था आउँछ । हाम्रो बजार सानो छ र सबै मल हाम्रै देशमा खपत हुँदैन ।’ बजारको सुनिश्चितता गर्न सकिँदैन भने फोस्फेट ब्लेन्डिङमा आधारित कारखानाको विकल्प नभएको उनको दाबी छ । यस्तो कारखाना स्थापनाका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि विभिन्न चरणमा छलफल भइसकेको छ । यद्यपि हालसम्म खासै प्रगति भएको कुरा बाहिर आएको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)