ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्थानीयका लागि ईङवा हाइड्रोपावरको आईपीओ चैत २० गतेसम्म विक्रीमा

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि विक्रीमा ल्याएको आईपीओ चैत २० गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी गएका नेपालीका लागि आईपीओ जारी गरेको हो ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने चैत ५ गतेसम्म आईपीओ जारी गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजीको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि निष्कासन गरेकोे हो । आयोजना प्रभावित स्थानीयबाट मागभन्दा बढी आवेदन चैत २० गते अगाबै प्राप्त भएमा सो मिति अगाबै विक्री बन्द गरिने जानकारी कम्पनीले दिएको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरिने शेयरमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन पाइने छ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीले ताप्लेजुङ जिल्लामा ९ दशमलव ७ मेगावाट क्षमताको ईङवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस आयोजनाबाट २०७९ जेठ १ गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य रहेकोमा कोभिडको कारण समयमै मालसामान आयात हुन नसकेपछि २०८० जेठ १६ गतेदेखि पूर्ण व्यावसायिक विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य छ ।  यस आयोजनाका निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट औषत लागत २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र कुल लागत १ अर्ब ९५ करोड रुपैयाँ हुने अनुमान छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)