ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अतिक्रमित सार्वजनिक जग्गा खोजेर वृक्षरोपण गर्दै वीरगञ्ज महानगर, '५ बिघामा तारबार लगाइयो'

२०७९ चैत, ५  
समाचार घरजग्गा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । नगरक्षेत्रको अतिक्रमित जग्गा पत्ता लगाएर वीरगञ्ज महानगरपालिकाले त्यस्तो जग्गमा वृक्षरोपणको तयारी गरेको छ । 

महानगरले वीरगञ्जको वडा नं १७ र १९ कोनियाको अतिक्रमित करीब ५ बिघा जग्गामा वृक्षरोपण गर्ने भएको हो । 

महानगरको टोलीले सो जग्गाको नापजाँच गरेर सार्वजनिक र निजी जग्गा छुट्याइ सकेको छ । तारबारका लागि खन्ने कामसमेत शुरू भइसकेको महानगरले बताएको छ । 

सार्वजनिक जग्गामा तारबार गरिने र त्यस्तो जग्गामा वृक्षरोपण गर्ने महानगरेको तयारी छ । 

वडा नं. १७ का स्थानीय नगर परिषद सदस्यसमेतका व्यक्तिले कब्जा गरेको जग्गा महानगरले आफ्नो हातमा लिएको थियो । यस्तो जग्गामा वृक्षरोपण गरी संरक्षणको काम थालिने वडा नं १९ का अध्यक्ष मुकेशकुमार चौरसियाले जानकारी दिए । 

महानगरले महानगरभित्र रहेका सार्वजनिक ऐलानी जग्गाहरूको खोजी कार्यको अभियान नै चलाइएको महानगरका प्रमुख राजेशमान सिंहले बताए । यो अभियान ३२ ओटै वडामा सञ्चालन हुने पनि उनले जानकारी दिए ।

महानगरमा सार्वजनिक जग्गाको यकीन तथ्यांक समेत नभएकाले खोजी र संरक्षणमा समस्या भइरहेको महानगरका कर्मचारी बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)