काठमाडौं । आइतवार तोलामा २ हजार ९०० रुपैयाँ बढेपछि सुनको मूल्यमा कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य तोलाको १ लाख १० हजार रुपैयाँ तोकिएको छ । गत शुक्रवार सुनको मूल्य तोलाको १ लाख ७ हजार १०० रुपैयाँ तोकिएको थियो ।
यसअघि गत माघ १९ गते सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको मूल्य तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसयता सुनको मूल्यमा उतारचढाव देखिएको थियो ।
पछिल्लो केही दिनयता भने सुनको मूल्य निरन्तर उकालोमा थियो । गत साता सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँ बढेको थियो ।
सुनको भाउ कीर्तिमान नजिक, ९ दिनमा तोलामा बढ्यो ६ हजार १ सय रुपैयाँ
यो साता तोलामा ३६ सय रुपैयाँ बढ्यो सुनको भाउ, कुन दिन कति वृद्धि ?