ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एफपीओ निष्कासनको आवेदन दिएका कम्पनीले किन पाएनन् सेबोनबाट स्वीकृति ? 

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । एफपीओ निष्कासन गर्ने उद्देश्यले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवदेन दिएको लामो समय भइसक्दा पनि कम्पनीहरूले स्वीकृति पाएका छैनन् । पूँजी संरचना मिलाउन हालसम्म ६ लघुवित्त वित्तीय संस्थाले निवेदन दिइसकेका छन् । निवेदन दिनेमा किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था हुन् । 

एफपीओ निष्कासन गर्ने कम्पनीको धितोपत्र सार्वजनिक भएको तीन वर्ष पूरा भएको हुनुपर्छ । निवेदन दिएका कतिपय कम्पनीहरूको यो प्रावधान पूरा नभएकाले स्वीकृतिमा ढिलाइ भएको देखिन्छ । त्यस्तै एफपीओ निष्कासनका लागि कारोबार शुरू गरेको पाँच वर्ष पूरा गरेको हुनुपर्छ । निवेदकमध्ये कतिपय लघुवित्त कम्पनीले कारोबार शुरू गरेको पाँच वर्ष पुगेको छैन । 

‘प्रावधान पूरा गरेका कम्पनीहरूले आवश्यक कागजात पेस गरेमा एफपीओ निष्कासनको स्वीकृति पाउँछन्,’ सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले भने, ‘लगातार तीन वर्ष नाफामा गएको, कारोबार शुरू गरेको पाँच वर्ष पूरा भएको तथा औसतमा क्रेडिट रेटिङ राम्रो पाएको कम्पनीले एफपीओ निष्कासन गर्न स्वीकृति पाउँछ ।’ 

निवेदन गर्ने ६ कम्पनीमध्ये किसान लघुवित्तले प्रतिकित्ता रू. १२५ मा सबैभन्दा बढी १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासनका लागि निवेदन गरेको छ । कम्पनीले २०७८ असार २९ गते सेबोनमा निवेदन दिएको हो । 

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीले २०७८ कात्तिक २३ गते निवेदन दिएको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनका लागि २०७८ चैत २९ गते निवेदन दिएको हो । 

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार कित्ता ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि सेबोनमा २०७८ चैत २५ गते निवेदन दिएको हो । 

त्यस्तै युनिक नेपाल लघुवित्त वित्तीय संस्था प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले २०७८ चैत १७ गते सेबोनमा निवेदन दिएको हो । सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई आवश्यक थप कागजात पेश गर्न फागुन २९ गते सुझाव पठाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)