ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तीन कम्पनीको साधारण सभा सोमवार हुँदै, कुन-कुन कम्पनी कहाँ हुँदै छ ?

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भोलि सोमवार तीन कम्पनीको साधारण सभा हुँदै छ । न्यादी हाइड्रोपावर ,धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन् । 

न्यादी हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण छलफलउपर छलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ । 

त्यस्तै सभामा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकसहित दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुँदै छ । कम्पनीले लाभांशसम्बन्धी प्रस्ताव गरेको छैन ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ देखि चैत ६ गतेसम्म बुक क्लोज गरेको छ । यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य छन् । 

धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न  भोलि सोमवार विशेष साधारण सभा बोलाएका हुन् ।  धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बागलुङमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो । 

सभामा यी दुवै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डीडीएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।

फागुन २६ गतेसम्म कायम यी लघुवित्तका संस्थापक र सर्वसाधारण शेयरधनीहरूले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)