ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कालिञ्चोक दर्शनको आईपीओ नेप्सेमा यसै साता सूचीकृत हुने

२०७९ चैत, ५  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।  कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ यसै साता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदै छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार सबै फाइलहरू नेप्सेमा बुझाइसकिएको छ । बुधवारसम्ममा आईपीओ सूचीकृत हुने जानकारी दिइएको छ । 

आजदेखि कम्पनीको आईपीओ शेयरधनीको हितग्राही खाता (डिम्याट) मा देखिएको छ । शेयरधनीको हितग्राही खातामा केडिएल सिम्बोलबाट देखिएको हो । 
कम्पनीको आईपीओले पहिलो कारोबारको लागि रू. ७८ दशमलव १५ देखि २३४ ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको २०७७/७८ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७८ दशमलव १५ रहेकोले उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीको आईपीओले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)