काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको चैत ४ गते सम्पन्न चौथौं वार्षिक साधारण सभाबाट संचालक समितीमा ४ जना संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।
कम्पनीको संस्थापक समूहतर्फबाट शिव बहादुर चौधरी, सन्त राम धरकतुवा थारु, पुरन प्रसाद चौधरी र जगत राम थारु चौधरी निर्वाचित भएका हुन् । साथै सोहीे बसेको संचालक समितिको बैठकले अध्यक्षमा शिव बहादुर चौधरीलाई नियुक्त गरेको छ ।
यसका साथै कम्पनीले सर्वसाधारण संचालक काली प्रसाद चौधरी र सपना श्रेष्ठको समयावधि सकिएको जनाएको छ ।