ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चीनले किन घटायो रिजर्भ रिक्वायरमेन्ट रेशियो ?

२०७९ चैत, ५  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । गत हप्ताको अन्त्यतिर चीनको केन्द्रीय बैंकले बैंकहरूले आफूसँग राख्नुपर्ने सञ्चिति अर्थात् रिजर्भ रिक्वायरमेन्ट रेशियो (आरआरआर) घटायो । वित्तीय प्रणालीमा नगद प्रवाहलाई जारी राख्न अनि अर्थतन्त्रलाई टेवा दिने प्रयासले उक्त कदम प्रेरित थियो । ‘पिपुल्स बैंक अफ चाइना’ (पीबीओसी)ले मार्च २७ देखि लागू हुने गरी लगभग सबै बैंकहरूका लागि आरआरआर शून्य दशमलव २५ प्रतिशत अंकले घटायो ।

बृहत् नीतिलाई राम्रो बनाउन, वास्तविक अर्थतन्त्रलाई थप राम्रोसँग टेवा दिन, अनि बैंकिङ प्रणालीमा पर्याप्त अनि तर्कसंगत स्तरमा तरलता प्रवाह गर्न सो कदम चालिएको पीबीओसीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ । अमेरिकाको क्षेत्रीय बैंक धराशायी बनेको असर विश्वको बैंकिङ क्षेत्रमा पोखिएर सो क्षेत्रमा व्यापक उथलपुथल देखिएकै बेलामा पीबीओसीले शुक्रवार अबेर सो कदम चालेको थियो ।

बुधवारसम्म पनि अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सका विश्लेषकहरुले पीबीओसीले ब्याजदर र आरआरआर सन् २०२३ को पहिलो अर्धवार्षिक अवधिसम्म यथावत् राख्ने बताएका थिए । पीबीओसीले जनवरीयता बैंकिङ प्रणालीमा खर्बौ युआन प्रवाह गरिसकेको छ । यसका लागि खासगरी मध्यकालीन कर्जा सुविधाका प्रयोग गरिएका छन् । अमेरिकामा एक पछि अर्को गर्दै एक हप्ताको अवधिमा तीन ओटा बैंक डुबेका छन्।

अहिले स्वीस बहुराष्ट्रिय लगानी बैंक पनि धर्मराएको छ । यस्तोमा विश्वव्यापी बैंकिङ क्षेत्रको स्वास्थ्यबारे सवर्त्र चिन्ता र चासो चुलिएको छ । आन्ध्र महासागरको दुवैतिर गएको आइतवारयता समस्याग्रस्त बैंकहरूलाई टेवा दिन अनि बैंकिङ प्रणालीप्रति लगानीकर्ता र निक्षेपकर्ताहरुको मनोबल फर्काउन आकस्मिक कदमहरू चालिएका छन् । बिहीवार अमेरिकाले फर्ष्ट रिपब्लिक बैंकको उद्धार गर्दै ३० अर्ब डलरको जीवनआधार दिएको थियो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)