ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्काशनमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल 

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

फाइनान्सको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४ रुपैयाँ, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ ।

त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)