ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ऋणपत्रमा लगानीकर्ताको आकर्षण कम, विक्री हुनै मुस्किल 

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अनन्त्य सुन्दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को सात महिनामा आठ ओटा ऋणपत्र निष्कासन भएको छ । तर, बजारमा अन्य धितोपत्रहरूको तुलनामा ऋणपत्रप्रति लगानीकर्ताहरूको आकर्षण कम भएको पाइन्छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अहिले नेप्सेमा २९ ओटा कर्पोरेट ऋणपत्रहरू सूचीकृत छन् । तर, नेपालमा अन्य धितोपत्रहरूको तुलनामा ऋणपत्रमा लगानीकर्ताहरूले आवेदन नै दिन नरूचाउने गरेको पाइन्छ । 

बजारका जानकारहरू नेपालको धितोपत्र बजारमा लगानीकर्ताहरूमा सचेतनाको कमी, कारोबार सुस्त हुनुका साथै ऋणपत्रबाट कम प्रतिफल आउने भएकाले ऋणपत्रमा लगानीकर्ताहरूको आकर्षण कम रहेको बताउँछन् । 

सिडिएससी एन्ड क्लियरिङ् लिमिटेडका अनुसार सात महिनामा निष्कासन भएको आठ ओटा ऋणपत्रमध्ये सात ओटामा मागभन्दा कम आवेदन परेको छ । 

एभरेष्ट बैंक लिमिटेडको एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९ मा भने मागभन्दा २२२ प्रतिशत बढी आवेदन परेको थियो । यस्तै स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेडले निष्कासन गरेको स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड ऋणपत्र ५ वर्ष, १०.३० % मा भने सबैभन्दा कम आवेदन परेको थियो । उक्त ऋणपत्रमा कुल निष्कासनको १२ प्रतिशत मात्र आवेदन परेको थियो । 

शेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला नेपाली बजारको सानो हिस्साको लगानीकर्ताहरूमा मात्रै ऋणपत्रबारे जानकारी भएको बताउँछन् । कतिपय अवस्थामा लगानीकर्ताहरूले आईपीओमा भनेर ऋणपत्रमा आवेदन दिएकाले आफूले पछुताएको पनि बताउने गरेको उनले बताए । 

यस्तै बैंकहरूले अहिले निक्षेपको विभिन्न स्किमअन्तर्गत ऋणपत्रको भन्दा राम्रो प्रतिफल दिने गरेको पाइन्छ । त्यसैले लगानीकर्ताहरू ऋणपत्रमा लगानी गर्नभन्दा पनि निक्षेपमा राख्न रूचाउने गरेको बास्तोला बताउँछन् । 

बास्तोला भन्छन्, ‘नेपाल सरकारको साथै नियामकको पनि ऋणपत्र चासोको विषय नभएको पाइन्छ । लगानीकर्ताहरूको आकर्षण नहुँदा यसको कारोबार पनि सुस्त छ । ऋणपत्र पनि राजस्वको राम्रो स्रोत हुने भएकाले नियामकका साथै सरकारले यसको बजार विकास र विस्तारमा विशेष ध्यान दिन आवश्यक छ ।’

दीर्घकालीनरूपमा ऋणपत्रमा लगानी गर्दा राम्रो हुने भएता पनि बजारमा ऋणपत्रको कारोबार कम हुने गरेकाले यसप्रति लगानीकर्ता कम आकर्षित भएको सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर श्रेष्ठ बताउँछन् । 

‘नेपालमा ऋणपत्रको कारोबार नै कम हुने भएकाले यसलाई क्यासमा परिणत गर्न लगानीकर्ताहरूका लागि त्यति सहज छैन । यस्तै फिक्स्ड डिपोजिटको तुलनामा ऋणपत्रलाई धितोमा राखेर कर्जा लिन पनि सहज छैन । त्यसैले नेपाली लगानीकर्ताहरूको ऋणपत्रप्रति कम आकर्षण हुनु स्वभाविक हो,’ उनले भने । यस्तै नेपाली लगानीकर्ताहरूमा ऋणपत्रको सचेतना पनि नभएको श्रेष्ठ बताउँछन् । 

क्र.स. ऋणपत्र निष्कासन आवेदन निष्कासनको तुलनामा माग %
एभरेष्ट बैंक लिमिटेड २०००००० ५०१३४५ २५
(६ वर्ष, १०.५%, एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५)
बैंक अफ काठमाडौं लिमिटेड ११००००० ८१८०९५ ७४
(७ वर्ष,१०.५%, बिओके डिबेन्चर २०८६)
हिमालयन बैंक लिमिटेड १०४५००० २९५८०६ २८
(७ वर्ष, १०.५%, हिमालयन बैंक लिमिटेड बोन्ड २०८६)
कुमारी बैंक लिमिटेड १२००००० २९२६३९ २४
(१० वर्ष, ११%, केबिएल डिबेन्चर २०८९ )
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड  ५०००००० २९८७६२४ ६०
(७ वर्ष, ७%, निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६) 
स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड २४००००० २९६४३२ १२
(५ वर्ष, १०.३०%, स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड ऋणपत्र)
ग्लोबल आइएमई बैंक ५०००००० २२०६४९९ ४४
(५ वर्ष, ११.२५%, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५

\

एभरेष्ट बैंक लिमिटेड २०००००० ४४३६६३७ २२२ (बढी)
(१० वर्ष ,५.५%, एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९) 

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)