ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिटिजन लाइफले १.१२ करोडभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने, सर्वसाधारणले थप  १९० रुपैयाँ प्रिमियम तिर्नुपर्ने

२०७९ चैत, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ। 

यसका लागि कम्पनीले आइतवार निवेदन दिंदै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ। कम्पनीले ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको कुल १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने छ। 

सेबोनले अनुमति दिएमा उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ विक्री गर्नेछ। सर्वसाधारणका लागि भने कम्पनीको आईपीओमा १९० रुपैयाँ प्रिमियम थप गरिएको छ। 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।  यसअघि सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले पनि आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन पेश गरिसकेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)