ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अन्तरराष्ट्रिय विमानस्थल मर्मत अन्तिम चरणमा

२०७९ चैत, ६  
१० वर्ष अघि
Jagdamba Supershine NA

दैनिक १ हजार ५ सयको  हाराहारीमा पर्यटकलाई स्वागत गर्दै आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको छ । नेपाल पर्यटन वर्ष २०११ को कार्यक्रमअन्तर्गत सो कार्य अघि बढाइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन विभागका प्रबन्ध निर्देशक दिनेशप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘अन्तरराष्ट्रिय पार्किङस्थल, नयाँ विद्युतीय सामग्री जडान, राडार मर्मत, सीसीटीभी जडानलगायतका कार्य लगभग सकिन लागेको छ । पर्यटन वर्ष शुरू हुनुअघि नै यो काम सक्नेछौं ।’

श्रेष्ठका अनुसार जहाज चढ्नुअघि यात्रुलाई  लगेर राखिने ठाउँ फराकिलो बनाउने काम ९५ प्रतिशत सकिएको छ । यस्तै भ्रमण वर्षलाई  ध्यानमा राखेर ५ सय ट्रली थप गरिनुका साथै अन्तरराष्ट्रिय पार्किङ स्थल नौवटा पुर्‍याइएको छ । ‘दशैंलगत्तै विमानस्थलवरिपरि १ सय ७५ वटा  सीसीटीभी थपिँदै छन् । विमानस्थलमा रङरोगन गरिनेछ र पुराना विद्युतीय सामानका ठाउँमा नयाँ जडान  गरिनेछ,’ उनले भने । टीआईएका अनुसार आगामी ३ महिनाभित्र उडान सूचना दिने नयाँ प्रविधि र सूचना बोर्ड थपिनुका साथै एयरकण्डिशनको संख्या पनि बढाइनेछ ।

विमानस्थल मर्मतसम्भारका लागि रू. ५ करोड बजेट छुट्ट्याइएको अध्यागमन विभागले बतायो । यसैबीच पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भौतिक पूर्वाधार तथा विमानस्थल मर्मतसम्भारको काम सकिए विमानस्थलमा २४ सै घण्टा सेवा दिन सकिने बताएको छ ।

वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)