काठमाडौं । ग्लोबल आइएमई बैंकले दराज नेपालबाट १ रुपैयाँमा ‘सामसङ ग्यालेक्सी एम ४’ मोबाइल जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर उक्त मोबाइल जित्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना चैत ५ देखि ११ गतेसम्मका लागि मान्य रहने बताइएको छ । योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरीद गर्न चाहने सहभागीमध्ये एकजनालाई विजेता छनोट गरी उक्त मोबाइल उपहार दिइनेछ ।