ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

क्रेडिट स्वीसलाई आकस्मिक उद्धार गर्न यूबीएस सहमत 

२०७९ चैत, ६  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्वीट्जरल्यान्डको समस्याग्रस्त बहुराष्ट्रिय बैंक क्रेडिट स्वीस बैंकलाई घरेलु प्रतिस्पर्धी बैंक यूबीएसले वित्तीय उद्धार गर्ने सहमति गरेको छ । सरकारको समर्थनमा यूबीएसले क्रेडिट स्वीस किन्ने प्रस्तावमा सहमति दिएको हो । सप्ताहन्तमा दुई बैंकको मर्जरबारे आकस्मिक छलफल शुरू भएको थियो ।

सोमवार शेयर बजार खुल्नुअघि नै केन्द्रीय बैंक र स्वीस वित्तीय नियामक फिन्मा जसरी भए पनि यो सम्झौतालाई सकारात्मक निस्कर्षमा टुङ्ग्याउन चाहान्थ्यो । वित्तीय बजारले गुमाएको विश्वास पुनःबहाल गर्न र अर्थतन्त्रमा देखिएका जोखिमहरूको व्यवस्थापन गर्नका लागि यो सम्झौता उपर्युक्त रहेको स्वीस नेशनल बैंकले बताएको छ ।

यो मर्जरले आफ्ना ग्राहकका सेवामा कुनै पनि असर नपर्ने आशा क्रेडिट स्वीसको छ । अहिलेको संक्रमणकालीन अवस्थालाई सहज बनाउन र क्लाइन्ट र उपभोक्ताहरूलाई झन्झट हुन नदिन आफूहरू लागिपरेको बैंकका एक प्रवक्ताले बताएका छन् ।

यो सम्झौतामा क्रेडिट स्वीसका शेयरधनीहरूलाई मतको अधिकार छैन । उनीहरूको क्रेडिट स्वीसमा रहेको हरेक २२ दशमलव ४८ कित्ता शेयर बराबर यूबीएसको एक कित्ता शेयर पाउनेछन् । यो सम्झौताले क्रेडिट स्वीसको मूल्यांकन ३ अर्ब १५ करोड डलर गरेको छ ।

शुक्रवार शेयर बजार बन्द हुँदा क्रेडिट स्वीसको बजार पूँजीकरण घटेर करीब ८ अर्ब डलरमा आएको थियो । यसलाई स्वीस केन्द्रीय बैंकले सोच्नै नसकिने अवस्थामा वित्तीय स्थायित्व सुरक्षित गर्ने अनि स्वीस अर्थतन्त्रलाई जोगाउने तरिका भनेको छ । यूबीएसको जोखिमलाई कम गर्न संघीय सरकारले पनि सम्भावित ९ अर्ब ६० करोड डलरको क्षतिविरुद्ध प्रत्याभूति दिएको छ । स्वीस केन्द्रीय बैंकले १ अर्ब १० अर्ब डलरसम्मको तरलता सहायता दिएको छ ।

यो सम्झौता अति नै छिटो भएको छ । बेलायतले पनि यसको सराहाना गरेको छ । क्रेडिट स्वीसलाई यूबीएसमा गाभ्नेबारे स्वीस अधिकारीहरूले अमेरिका र बेलायती नियामकहरूसँग पनि सहकार्य गरेका थिए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)