काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन् ।
लुम्बिनी विकास बैंकले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।