ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विदेशमा तीन दशक होटल व्यवसाय गरेका यमलाल सापकोटाले गैंडाकोटमा खोले ११ करोडको होटल 

२०७९ चैत, ६  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चितवन । जिल्लाको गैंडाकोट नगरपालिका–२, शिलान्यास चोकमा ११ करोड रुपैयाँको लगानीमा होटल ताज महल एभरेष्ट सञ्चालनमा आएको छ । भारत र जापान गरी तीन दशक होटल व्यवसाय गरेका भरतपुरका यमलाल सापकोटाले होटल मुन स्टारलाई नयाँ व्यवस्थापनसहित होटल ताज महल एभरेष्टको नामबाट सञ्चालनमा ल्याएका हुन् । 

पाँच कट्ठा क्षेत्रफलमा रहेको होटलमा विवाह तथा सेमिनारका लागि एक हजार र जन्मदिन तथा बैठकका लागि २० जनाको क्षमता भएका एसीसहितका दुई ओटा हल छन् । एकपटकमा ६० जनासम्मलाई खाना खुवाउन सक्ने क्षमताको रेस्टुरेन्ट र २२ ओटा एट्याच रूम रहेको सञ्चालक सापकोटाले बताए । 

होटलमा विभिन्न सुविधा थप्नका लागि थप दुई करोड लगानी गर्न लागेको उनले जानकारी दिए । ‘जापान जानुअघि भारतमा ११ वर्ष होटल व्यवसाय गरें । त्यसपछि जापान गएर १९ वर्ष व्यवसाय गरें । अब स्वदेशमा पनि लगानी गरी व्यवसायको विस्तार र रोजगारी सिर्जना गर्न यहांँ होटल खोलेको हुँ,’ उनले भने । 

मौलाकालिका मन्दिरको काखमा र केबलकार सञ्चालनको तयारी  रहेकोले होटलमार्फत यहाँको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ  । उनका अनुसार जापानमा उनले १३ ओटा चेन रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । साथै ट्राभल एजेन्सी सञ्चालन गरेर विदेशी पर्यटक भित्र्याउने, होटल ताज महल एभरेष्टलाई देशका ठूला सहरमा विस्तार गर्ने उनको लक्ष्य छ । 

बागलुङमा विपन्न परिवारमा जन्मिएका यमलाल सापकोटाले चितवनको नारायणगढ फुटपाथबाट व्यापार थालेका थिए । भारतमा १२ वर्ष संघर्ष गरेपछि उनले जापानमा १९ वर्ष व्यवसाय गरिसकेका छन् ।

सन् २०१५ तिर जापानका विभिन्न सहरमा गरेर उनका ५५ ओटा रेष्टुरेन्ट सञ्चालन थिए । तर, कोभिड १९ ले उनको व्यवसायमा पनि असर गर्‍यो । कोभिडका कारण यमलालले ३३ ओटा रेष्टुरेन्टहरू बेच्नुपर्‍यो । पछि थप केही रेष्टुरेन्ट विक्री गरेर अहिले १३ ओटा सञ्चालन गरिरहेका छन् । 

‘अहिलेसम्म मैले जापानमा १५५ ओटा रेष्टुरेन्ट खोलें । धेरैजसो सहरमा रेष्टुरेन्ट चलाएँ । पछि नेपालीलाई विक्री गरें,’ उनले भने, ‘अहिले बाँकी रहेका रेष्टुरेन्ट जेठो छोरा रोशनले चलाउँछ ।’ 

अब बांँकी समय र लगानी नेपालमै गर्ने र देशका मुख्य शहरमा यसका शाखाहरू विस्तार गर्दै लैजाने योजना रहेको सापकोटाको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)