ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग,'चर्को ब्याजदरले होटल व्यवसाय चलाउन कठिन'  

२०७९ चैत, ६  
समाचार
Jagdamba Supershine Image Not Found

काठमाडौं । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ (हान)ले कर्जाको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको छ । चर्को ब्याजदरका कारण होटल व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै उसले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर एकल अङ्कमा ल्याउन माग गरेको हो ।

आज पत्रकार सम्मेलन गर्दै हानले कोरोना महामारीका कारण व्यवसाय ठप्प भएको अवस्थामा कर्जाको चर्को ब्याजदरले थप समस्या सिर्जना गरेको बताएको छ । हानले होटल क्षेत्रमा प्रवाह भएको कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नसमेत आग्रह गरेको छ ।

अहिले केही होटल सञ्चालनमा रहे पनि चालू खर्च धान्नसमेत नसक्ने अवस्था आएको हानको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)