ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

होटल तथा पर्यटन क्षेत्रको एक कम्पनी धितोपत्र बजारमा थपिँदै

सिटी होटलले पायो आईपीओ निष्कासनको अनुमति 

२०७९ चैत, ६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र बजारमा होटल तथा पर्यटन क्षेत्रको एक कम्पनी थपिँदै छ ।

हाल धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका चार कम्पनी सूचीकृत छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चैत ५ गते थप एक कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । होटल तथा पर्यटन क्षेत्रको सिटी होटल लिमिटेडले सेबोनबाट आईपीओ निष्कासनका लागि स्वीकृति पाएको हो । 

कम्पनीले सर्वसाधारणका लागि रू. १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

गोल्यान ग्रुप, कमलेश अग्रवाललगायत देशका ठूला उद्यमीहरूको लगानी रहेको यस कम्पनीले एक वर्षअघि काठमाडौंको सोल्टीमोडमा ह्यात प्लेस सञ्चालनमा ल्याएको थियो ।

पाँचतारे उक्त होटलमा १५३ ओटा कोठा रहेको जानकारी कम्पनीले दिएको छ । होटलमा ४०० जनासम्मको क्षमता भएको कन्फरेन्स हल, ब्यांक्वेट हल, लाइभ म्युजिकसहितको रेष्टुरेण्ट, जिम, स्विमिङ पुललगायत सुविधा उपलब्ध हुने जानकारीसमेत कम्पनीले दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)