ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आधा दर्जन विमानस्थल गौचरनमा परिणत

२०७९ चैत, ७  
१० वर्ष अघि
Jagdamba Supershine NA

सुदूरपश्चिमका आधा दर्जन विमानस्थल गौचरनमा परिणत भएका छन् । पुनर्निर्माण हुन नसकेपछि सुदूरपश्चिमका कञ्चनपुर, टीकापुर,  दिपायल, साँफेबगर, पाटन र दार्चुला विमानस्थल गौचरनमा परिणत भएका हुन् । यसबाट सरकारद्वारा घोषित नेपाल भ्रमण वर्ष २०११ प्रभावित हुने यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा उद्योगी–व्यवसायीले बताएका छन् । सुदूरपश्चिमका कतिपय विमानस्थल पचासको दशकदेखि नै बन्द रहेका छन् । बन्द भएका ६ विमानस्थल सञ्चालनका लागि सरकारसँग थुप्रैपटक छलफल गरेको तथा दबाबसमेत दिएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमविक्रम थापा बताउँछन् । ‘पटकपटकको छलफल तथा दबाब त्यसै खेर  गएको छ, सुनुवाइ नै भएन,’ थापा भन्छन् । यसमा राजनीतिक दलहरू नै प्रमुख दोषी रहेको उनको आरोप छ ।

उद्योग वाणिज्य संघ कैलाली, दिपायल र बैतडीले पनि गौचरनमा परिणत भएका हवाई मैदानहरूको पुन: सञ्चालनका लागि सरकारलाई दबाब दिएको, तर हालसम्म पनि कुनै सुनुवाइ नभएको बताएका छन् । सुदूरपश्चिमका नौ विमानस्थलमध्ये हाल तीनओटा मात्रै सञ्चालनमा छन् । बझाङको चैनपुर, बाजुराको मार्तडीस्थित कोल्टी र धनगढी विमानस्थल सञ्चालनमा छन् । यसमा पनि बझाङको विमानस्थल समय समयमा अवरुद्ध हुँदै आएको छ ।

वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)