काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले ‘तेस्रो नेपाल फाइभ पी अन्तरराष्ट्रिय प्रदर्शनी’ गर्ने भएका छन् । प्रदर्शनी चैत १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डप गरिने भएको हो ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टल रहने आयोजकको भनाइ छ । प्रदर्शनीमा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सम्बन्धित व्यवसायीबीच व्यापार साझेदारी, प्रविधि प्रदर्शन र संवाद गरिने गरिने बताइएको छ । विभिन्न उद्यमी, अनुसन्धानकर्ता, संघसंस्थाका प्रतिनिधि लगायतले आधुनिक प्रविधिको अवलोकन गर्न पाउने आयोजकले जानकारी दिएको छ । उद्योग तथा व्यापार व्यवसायमा निर्यातका नयाँ अवसर सृजना गर्न, नयाँ प्रविधिसँग सात्क्षात्कार गराई विभिन्न उद्योगबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रदर्शनीले प्रोत्साहन गर्ने आयोजकको विश्वास छ ।