ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

टीभीएसको एनओजी राइड सम्पन्न

२०७९ चैत, ७  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नक्साल शोरूमदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिवार आयोजना भएको यस राइड नक्साल शोरुमबाट शुरू भएर नगरकोटसम्म पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीलाई विभिन्न खेल पनि खेलाइएको थियो । सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल प्रदान गरिएको थियो । ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ प्रशासन कार्यालयको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ । उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)