ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘महिला नेतृत्व शिखर सम्मेलन–२०२३’ हुँदै

२०७९ चैत, ७  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व ‘शिखर सम्मेलन–२०२३’ को तयारी पूरा भएको जानकारी दिएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा गर्न लागिएको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको तयारी बारे सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको होे ।

कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन् । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा स्थापित व्यक्तिहरूको सहभागिता सुनिश्चित भइसकेको जानकारी आयोजकले दिएको छ । सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)