ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कियाको ‘कारेन्स’ नेपाली बजारमा

२०७९ चैत, ७  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत गाडी सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो संस्करणको ‘किया कारेन्स’लाई पारिवारिक कार भनेको छ ।

यो आधुनिक सेफ्टी, स्पेस र स्टाइल समेटेर आएको कम्पनीको भनाइ छ ।’ किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । गएको एक वर्ष भारतमा ७० हजार ६५६ युनिट कारेन्स विक्री भएको कम्पनीको दाबी छ । यो दुई थरी पेट्रोल इन्जिनमा उपलब्ध छ । कम्पनीका अनुसार कारेन्सको प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार तथा प्रेस्टिज भेरियन्टमा मूल्य ५२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)