काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट विश्वका १५ देशमा ऊनका पञ्जाको निर्यात भएको छ । विश्वका विकसित देशमा समेत ऊनका पञ्जाको निर्यात हुनु आफैमा महत्त्वपूर्ण पक्षको रूपमा रहेको छ । सो अवधिमा नेपालबाट रू. ७ करोड ४९ लाख मूल्य बराबरको १ लाख ५९ हजार ६२० गोटा ऊनका पञ्जा निर्यात भएको छ ।