ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

डिप्रोक्स लघुवित्तले वितरण गर्‍यो नगद लाभांश 

२०७९ चैत, ७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लिखित बैंक खातामा नगद लाभांश जम्मा गरिसकिएको जानकारी दिएको हो ।

कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट यस वर्षको लाभांश पारित गरेको थियो । गत आर्थिक वर्ष २०७८/ ०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको आधारमा कम्पनीले करसमेत नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन समेत कम्पनीले भनेको छ ।साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरिएकाले फागुन १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् ।

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले शेयर प्रमाणपत्र धितो राखी कर्जा प्रयोग गर्दै आएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिग लिमिटेड रहेको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)