ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कीर्तिमानी मूल्यपछि घटेको सुनको भाउ फेरि बढ्यो, तोलाको कति ?

२०७९ चैत, ७  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कीर्तिमानी मूल्य कायम भएको दुई दिनपछि फेरि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार (आज) सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । 

त्यसको दुई दिनअघि (गत आइतवार) सुनको भाउ अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । उक्त दिन सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँ बढेर १ लाख १० हजार रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट (गत सोमवार) भने सुनको भाउ तोलामा ७०० रुपैयाँ घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

आज चाँदीको भाउ पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ३४० रुपैयाँ तोकिएको छ । हिजो चाँदी तोलाको १ हजार ३३० रुपैयाँ कायम भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८१ दशमलव ९८ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९७६ दशमलव ६४ डलर पुगेको थियो ।

त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ३९ पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)