ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले आह्वान गरे विशेष साधारण सभा 

मर्जरसम्बन्धी प्रस्ताव

२०७९ चैत, ७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरसम्बन्धी प्रस्ताव पारितका लागि एकै दिन विशेष साधारण सभा आह्वान गरेका छन् ।

मर्जरका लागि चैत ५ गते अन्तिम सम्झौता गरेका यी कम्पनीले विशेष साधारण सभामार्फत मर्जर प्रस्तावलाई पारित गर्न लागेका हुन् । दुवै कम्पनीले चैत २२ गते विशेष साधारण सभा गर्न लागेका हुन् ।

आइएमई जनरल इन्स्योरेन्सले लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे र प्रुडेन्सियल इन्स्योरेन्सले होटल इच्छा सिमरा, बारामा बिहान ११ बजे सभा बोलाएका छन् ।

दुवै कम्पनीले विशेष साधारण सभामार्फत मर्जरपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार गर्ने प्रस्ताव पारित गर्नेछन् । मर्जरका लागि गरिएको सम्झौता तथा मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनसमेतका आधारमा निर्धारण भएको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति प्रदान गर्नेछ ।

दुवै कम्पनी समान हैसियतमा एक हुन लागेका हुन् । मर्जर प्रक्रिया सम्पन्न गर्न आगामी दिनमा नियामक निकायहरूबाट प्राप्त निर्देशनका आधारमा काम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारीसमेत सभाले दिनेछ । विशेष साधारण सभा प्रयोजनका लागि आइएमई जनरल इन्स्योरेन्सले चैत १३ गते र प्रुडेन्सियल इन्स्योरेन्सले चैत १७ गते एक/एक दिन बुक क्लोज गर्दै छन् । 

दुवै कम्पनीले गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजार रहेको छ । त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित बोनससहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बोनसपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुग्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)