काठमाडौंको किलागलमा बालबालिकाहरूलाई ‘मर: जा’ खुवाइँदै । नेवार समुदायले काठमाडौंको विभिन्न टोलमा मंगलवार स–साना बालबालिकाहरूलाई लाइनमा राखेर ‘मर: जा’ खुवाइएका छन् ।
‘मर: जा’मा भात, गेडागुडी, तरकारी, हरियो सागपात, मिठाइ, फलफूल, दही, मसलालगायत चिज दिने गरिन्छ । नेवारी भाषामा यी खानेकुरा खुवाउनुलाई नेवारी भाषामा ‘मर: जा नकेगु’ भनिन्छ ।
‘मर: जा’ हिउँद सकिएर गर्मी मौसम शुरु हुन लाग्दा खुवाउने गरिन्छ । गर्मी मौसममा स–साना बालबालिकाहरूलाई झाडापखालालगायत रोग नलागोस् भनेर ‘मर: जा’ खुवाउने जनविश्वास छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान