ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

८ महीनामा ३८ प्रतिशतले घट्यो विदेशी लगानी प्रतिबद्धता, गत वर्षभन्दा १३ अर्ब कम 

२०७९ चैत, ७  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्षको ८ महीनामा वैदेशिक लगानीको प्रतिबद्धता ३८ प्रतिशतभन्दा बढीले घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आवको साउनदेखि फागुनसम्ममा ३३ अर्ब ३३ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएकोमा चालू आवको सोही अवधिमा २० अर्ब ५६ करोड रुपैयाँको मात्रै यस्तो प्रतिबद्धता आएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १२ अर्ब ७७ करोड कम अर्थात् ३८.३१ प्रतिशत कम हो । 

चालू आवमा पुसमा धेरै

चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा सबैभन्दा बढी वैदेशिक लगानीको प्रतिबद्धता पुसमा आएको छ । उक्त महीनामा ४ अर्ब ८५ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सो आवमा सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता मंसिरमा आएको छ । सो महीनामा ८० करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाउँछ । चालू आवमा १८३ उद्योगका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको हो । 

गत आवमा असोजमा बढी

गत आवमा भने सबैभन्दा धेरै वैदेशिक लगानीको प्रतिबद्धता असोजमा आएको थियो । सो महीनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । सबैभन्दा कम वैदेशिक लगानीको प्रतिबद्धता भने माघमा आएको थियो । उक्त महीनामा ५३ करोड ९५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार हालसम्म ८ हजार ९४७ उद्योगका लागि २७ खर्ब ८२ अर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यी उद्योगहरूबाट ६ लाख ७० हजार २५५ जनाले रोजगारी पाएको विभागले जानकारी दिएको छ । 

चालू र गत आवको माघ मसान्तसम्मको वैदेशिक लगानीको प्रतिबद्धता

 

स्रोत : उद्योग विभाग । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)