काठमाडौं । काठमाडौंको टुँडिखेलमा घोडेजात्रा पर्व मनाइएको छ । पर्वका अवसरमा टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा सैनिकहरूले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरे ।
यससँगै सैनिकहरूले मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरे । समारोहमा उत्कृष्ट कौशल प्रदर्शन गर्ने सैनिकलाई पुरस्कृत पनि गरियो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सहभागी हुनुभयो । राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवको भने निर्वाचित भएपछिको यो पहिलो सार्वजनिक कार्यक्रम हो । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुँदा यादव यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।
प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ।