ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अग्नि एयरले डोर्नियर थप्यो

२०७९ चैत, ८  
१० वर्ष अघि
Jagdamba Supershine NA

अग्नि एयरले एक डोर्नियर विमान थपेको छ । यससँगै अग्निसँग डोर्नियरको संख्या तीन पुगेको छ । १८ सीट क्षमताको उक्त विमान अग्निले अस्ट्रेलियाबाट खरीद गरेर ल्याएको हो । ‘गत आइतवार नै विमान नेपाल ल्याइसकेका छौं,’ एयरलाइन्सका प्रबन्ध निर्देशक सुदीप बस्नेतले अभियानसँग भने, ‘नागरिक उड्डयन प्राधिकरणको रोहवरमा सो विमानको आज बिहीवार परीक्षण उडान हुन्छ । प्राधिकरणले पास गरे केही दिनभित्रै नयाँ जहाजबाट नियमित उडान थाल्ने योजना छ ।’

अग्निले उक्त डोर्नियरबाट छोटो धावनमार्ग भएको ‘स्टोल’ विमानस्थलहरूमा उडान गर्ने बताएको छ । सो विमान २० लाख डलर (करीब रू १५ करोड) मा खरीद गरेको जानकारी बस्नेतले दिए । अग्निले १९ वर्षअघि जर्मनीमा बनेको विमान ल्याएको हो । अन्तरराष्ट्रिय बजारमा सो अनुरूपको डोर्नियरको मूल्य २२ देखि २४ लाख डलर (करीब साढे १६ देखि १८ करोड रुपैयाँ) पर्ने बताइन्छ ।

विमान थप्ने प्रक्रिया ६ महिना अघिबाटै शुरू गरेको अग्निले दुई महिनादेखि भने यसलाई तीव्रता दिएको थियो । नागरिक उड्डयन प्राधिकरणको प्रावधानअनुसार कुनै पनि नेपाली वायुसेवा कम्पनीले पुरानो जहाज ल्याउँदा उत्पादन भएको २० वर्ष ननाघेको हुनुपर्नेछ । तर, अहिले डोर्नियरको उत्पादन नै हुन छाडेकाले पाउन धेरै गाह्रो भएको हुँदा विमान ल्याउन योजनाभन्दा केही ढिलो भएको बस्नेतले बताए ।

वर्ष ६, अंक ३७, बिहीवार, ४ कात्तिक, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)