काठमाडौं । राजापानी कलेस्ती दिगो समाजको दोस्रो साधारणसभा गत शुक्रवार सम्पन्न भएको छ । तनहुँको व्यास नगरपालिका ७, ९, ११ र भानु नगरपालिका १३ लाई केन्द्रमा राखेर स्थानीयको बृहत् सञ्जालमार्फत आर्थिक, सामाजिक, बौद्धिक कार्य गर्ने उद्देश्यअनुरूप संस्थाको स्थापना गरिएको बताइएको छ ।
साधारणसभामा संस्थाको प्रगति विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । २ वर्षअघि एम्बुलेन्स खरीद अभियान सञ्चालन गरी स्थापना भएको संस्थाले असहायलाई सहयोग, स्थानीय क्लबलाई सहयोग, मठमन्दिर रङरोगन, प्रचारात्मक बोर्ड निर्माण लगायत काम गरिरहेको जानकारी दिइएको छ ।