ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

तुलसी सहकारीबाट बचत फिर्ताको माग गर्दै १ हजार १६६ उजुरी

२०७९ चैत, ८  
कोशी प्रदेश
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

विराटनगर । विराटनगर महानगरपालिका–३ शंकरपुरस्थित तुलसी बहुउद्देश्य सहकारीबाट बचत रकम फिर्ताको माग गर्दै १ हजार १६६ जनाले प्रहरीमा उजुरी दिएका छन् । निवेदनमा माग गरिएको रकम ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँ छ ।

तुलसी बहुउद्देश्य सहकारी संस्थाका सञ्चालकले अनियमितता गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी बचत रहेको उक्त सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले प्रहरीमा उजुरी दिन शुरू गरेका हुन् । अहिलेसम्म १ हजार १६६ जनाले ४७ करोड ३६ लाख ३५ हजार रुपैयाँ फिर्ता माग गर्दै उजुरी दिएको एसपी दीपक पोखरेलले बताए । उनका अनुसार यो उजुरी मोरङका बचतकर्ताको मात्र हो ।

मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीका शाखा झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा छन् । एक महीनादेखि ती सबै शाखा बन्द छन् । उक्त सहकारीका २१ हजार ७१३ जना सदस्य छन् ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा सम्पर्कविहीन छन् भने सचिव सविना न्यौपाने, उपाध्यक्ष अनिता न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । एसपी पोखरेलका अनुसार उक्त सहकारीको अघिल्लो वर्षको लेखापरीक्षण गर्ने चार्टर्ड एकाउण्टेण्ट सितल चन्दलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको छ । सहकारीका आठजना सञ्चालकविरुद्ध उजुरी परेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)