ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

१७ वर्षपछि नयाँ लुक्समा हुन्डाईको भेर्ना कार, यस्तो छ मूल्य र विशेषता

२०७९ चैत, ८  
समाचार यातायात
Jagdamba Supershine Image Not Found
फाइल फोटो

काठमाडौं । भारतको कार निर्माता कम्पनी हुन्डाईले १७ वर्षपछि अपडेट गरिएको (Verna) भेर्ना २०२३ मोडल सार्वजनिक गरेको छ । पहिलो पटक भारतीय कार बजारमा सन् २००६ मा ल्याएको भेर्नाको नेक्स्ट जेनेरेशन मोडल मार्च २१, २०२३ मा बजारमा आएको हो ।  

नयाँ हुन्डाई भेर्ना EX, S, SX र SX(O) गरी चार भेरियन्टमा उपलब्ध छन् । हुन्डाई भेर्नाको सात सिंगल टोन कलरमा ल्याइएको छ । भेर्ना फेयरी रेड, टाइफुन सिल्भर, एबिस ब्ल्याक, एटलस ह्वाइट, टेलोरियन ब्राउन, टाइटन ग्रे र स्टेरी नाइटमा उपलब्ध छ । डुअल टोन हुन्डाई भेर्ना एटलस ह्वाइट विथ ब्ल्याक रुफ र फेयरी रेड ब्ल्याक रुफ कलरमा उपलब्ध छ । हुन्डाई भेर्नाको इन्टेरियर कलर टोन लो र मिड भेरियन्टमा कालो र हल्का खैरो हुनेछ।  

नयाँ पुस्ताको भेर्नामा डबल लेयर हेडल्याम्प सेटअपका साथै नयाँ डिजाइन गरिएको ग्रिल पनि छ । भेर्ना एक मिडसाइज सेडान कार हो, जसले स्कोडा स्लाभिया, मारुती सियाज र होन्डा सिटीसँग प्रतिस्पर्धा गर्नेछ । 

यस्तो छ मूल्य र विशेषता

हुन्डाईले भेर्नाको प्रारम्भिक मूल्य १०.८९ लाख भारु राखेको छ भने भेरियन्टको मूल्य १७.३८ लाख भारु राखिएको छ । हुन्डाईका अनुसार नयाँ भेर्नाका लागि अहिलेसम्म ८ हजार बुकिङ भइसकेको छ । 

यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, डिजिटल ड्राइभर डिस्प्ले, बोसको प्रिमियम साउन्ड, क्लाइमेट कन्ट्रोल, तताउने र भेन्टिलेटेड फ्रन्ट सिट, ६ ओटा एयरब्याग, हिल स्टार्ट असिस्ट, अगाडि र पछाडि पार्किङ सेन्सर, ईबीडीलगायत छन् ।

यसमा एबीएस, ईएससी, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटोमेटिक हेडल्याम्पलगायत अन्य धेरै सुविधाहरू दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)