ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पुनः दोहोरो अंक घट्यो नेप्से, लगानीकर्ता किन विश्वस्त छैनन् ?

२०७९ चैत, ८  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १५ दशमलव ७६ अंक घटेर १ हजार ९३३ दशमलव २९ विन्दुमा झरेको छ ।

सेन्सेटिभ इन्डेक्स २ दशमलव ३२ अंक घटेको छ । त्यस्तै फ्लोट इन्डेक्स १ दशमलव १३ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ अंक घटेको हो ।  यस दिन कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब कायम भएको छ । 

बुधवार कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ८७ प्रतिशत घटेको छ । बोटलर्स नेपाल तराईको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ६२ प्रतिशत घटेसँगै उत्पादन तथा प्रशोधन समूहको परिसूचक धेरै घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ११ हजार ७३२ मा झरेको छ ।

त्यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ५ दशमलव ८५ प्रतिशत घटेर रू. ७ दशमलव ८८ कायम भएको छ । 

बुधवार सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयरधनीले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएर रू. २९२ पुगेको छ । कम्पनीको शेयर आजैदेखि धितोपत्रको दोस्रो बजारको कारोबारमा आएको हो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । त्यस्तै दोस्रोमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत वृद्धि भएर रू. ९५५ पुगेको छ । 

बुधवार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रू. ९ करोड १९ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू. ६४९ दशमलव ९० कायम भएको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ८ करोड २४ लाख बराबर छ ।

यी दुई कम्पनीलगायत हिमालयन डिष्टिलरी, नबिल बैंक र शिवम् सिमेन्टको बढी कारोबार भएको छ । घटेको बजारमा लगानीकर्ताहरूले दीर्घकालीन लगानीमा ध्यान दिएको पाइन्छ । नेपाल लाइफले वर्षेनी लगानीकर्तालाई लाभांश वितरण गर्ने गर्दछ भने एनआईसी एशिया बैंकले विगत दुई वर्षदेखि लाभांश दिएको छैन । राम्रो लाभांश पाउने अशामा पनि शेयर कारोबार भएको देखिन्छ । 

यसो त पछिल्लो लामो समयदेखि बजार निरन्तर घट्दो ट्रेण्डमा रहेको छ । यस्तो अवस्थामा राम्रा लाभांश दिएका कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा ओर्लिएको छ । सोही कारण पनि यस्ता कम्पनीको शेयर सर्वाधिक कारोबार भएको हो । 

पछिल्लो समय बजार एक दिन बढ्नै वित्तिकै भोलिपल्ट घट्ने गर्दछ । लगानीकर्ता बजारप्रति विश्वस्त नभएको पनि देखिन्छ । हुन त शेयर बजार घटबढ भइरहन्छ, माग र आपूर्तिले बजार मूल्य निर्धारण गर्ने हो ।

त्यही मूल्य निर्धारण गर्नका लागि लगानीकर्ताहरू बजारप्रति सकारात्मक हुनु जरुरी छ । पछिल्लो समय लगानीकर्ता दीर्घकालभन्दा पनि अल्पकालीन रूपमा लाभ लिन खोज्छन् । सोही कारण बजार केही बढ्ने बित्तिकै घट्ने गर्दछ ।

लगानीकर्ता रोहन कार्कीका अनुसार  यो समय भनेको शेयर बजारको लागि बेसिजन हो । सोही कारण पनि बजारमा लगानीकर्ताको त्यति सक्रियता नभएको देखिन्छ । यसो त पछिल्लो समय अर्थमन्त्री कस्तो आउँछ र सरकार कस्तो बन्ने भन्ने अन्योलका कारण  पनि लगानीकर्ता सक्रिय नभएका हुन सक्छन् । बजार घट्नुपर्ने केही कारण छैन । यो समय दीर्घकालीन लगानीको उपयुक्त रहेको कार्कीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)