ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२०७९ चैत, ८  
विविध
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ  घुस मागिरहेको सूचनाका आधारमा आयोगको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको सिलसिलामा पाण्डेले बैंक खाता सुचारु गरिदिने तथा तारेख लगायत मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ३० हजार  रुपैयाँ घुस लिएको पुष्टि भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आरोप पत्रमा उनलाई ३० हजार रुपैयाँ विगो र केद सजायको माग गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)