काठमाडौं । जनकपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष र वडा सचिव ५० हजार रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।
वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायले जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा हस्ताक्षर गर्न घुस मागेपछि अख्तियारको नियन्त्रणमा परेका हुन् ।
सेवाग्राहीसँग घुस मागिरहेकोभन्ने सूचनाका आधारमा बर्दिबासबाट गएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई रामजानकी हस्पिल नजिकबाट नियन्त्रणमा लिइएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।