ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

असनको खट जुधाउने जात्रा [फोटो फिचर]

२०७९ चैत, ८  
फोटो फिचर
Jagdamba Supershine Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं  । नेवार समुदायको पाँहाचह्रे अन्तर्गत अन्तिम दिन बुधबार काठमाडौंको असन जात्रा सम्पन्न भएको छ । काठमाडौंको केन्द्र असन बजारमा बुधवार अपरान्ह अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी लगाएर तीनवटा खट घुमाउँदै खट जुधाउने जात्रामा सहभागी भएका थिए ।

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा, कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ-आफ्नो ठाउँबाट बाजागाजा सहितको टोलीले खट जात्रा गरी असन पुर्याएर जात्रा मनाउने परम्परा छ। तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिराग) साटासाट गरिन्छ।

घोडेजात्राका दिन पनि टुडिंखेलमा यसरी नै चिराग साटासाट गरि मनाईन्छ । यस बर्ष काठमाडौं महानगरपालिकाकाका मेयर बालेन्द्र शाहले पनि जात्रा अवलोकन गरेका थिए । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)