ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

संविधान बन्नेमा अझै आशंका

२०७९ चैत, ९  
१० वर्ष अघि
Jagdamba Supershine NA

संविधान निर्माणका निम्ति साढे ७ महिनामात्र बाँकी रहेपछि राजनीतिक दलहरू क्रियाशील देखिन थालेका छन् । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा गठित उच्चस्तरीय कार्यदलको बैठकबाट दलहरूबीच केही विवादित मुद्दामा सहमति भएको बताइएको छ । संविधानसभाका ११ मध्ये ८ वटा विषयगत समितिमा उठेका २ सय २० भन्दा बढी विवाद टुंग्याउन दाहालको अध्यक्षतामा सात दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय कार्यदल गठन गरिएको थियो ।

उच्चस्तरीय कार्यदलको मंगलवारको बैठकले मुलुकको शासकीय स्वरूपको सम्बन्धमा विवादित ११ मध्ये ९ बुँदामा सहमति गरेको छ । कानूनमन्त्रीसमेत रहेका कार्यदलका सदस्य प्रेमबहादुर सिंहले यो सहमतिलाई समाधानको पछिल्लो खुट्किलो भनेका छन् । यद्यपि शासन प्रणाली निर्वाचन, संघीय  स्वरूप, प्राकृतिक संसाधनको बाँडफाँटमा दलहरूबीचको विवाद यथावत् छ । संविधानसभाको निर्वाचनपछि झण्डै साढे २ वर्ष दलका नेताहरूलाई विभिन्न ढंगमा भोग्दै आएका संविधानसभा सचिवालयका कर्मचारीहरू समयावधिभित्रै संविधान निर्माण हुने कुरामा अझै विश्वस्त हुन नसकेको बताउँछन् ।

 वर्ष ६ अंक ३७, विहीवार, ४ कात्तिक, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)