ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आठ महीनामा चार मुद्दा फैसला

२०७९ चैत, ९  
बागमती प्रदेश
Jagdamba Supershine NA

भरतपुर । भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालू आर्थिक वर्षको आठ महीनामा चारओटा मुद्दा फैसला गरेको छ । इजलाशमा परेका ११ मुद्दामध्ये चारओटाको फैसला भएको भरतपुर महानगरपालिकाको कानूनी मामिला शाखाका सहायक निरीक्षक कृष्णप्रसाद सापकोटा जानकारी दिए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ को उपदफा १ र २ बमोजिमका मुद्दा महानगरपालिकाको न्यायिक इजलाशमा आउने गरेका छन्, जसअन्तर्गत साँध सिमाना, बालीनाली क्षति, बाटो निकास, मानाचामल र घरबहालसम्बन्धी मुद्दा यस इजलाशले हेर्ने गर्दछ । सापकोटाका अनुसार मेलमिलापका लागि २२ ओटा ठाडो उजुरी दर्ता भएका छन्, जसमध्ये १४ ओटा उजुरीको मेलमिलाप भइसकेको छ भने आठओटा छलफलका क्रममा छन् । महानगरमा आउने मुद्दा र उजुरी अधिकांश साँध सिमानाका हुने गरेको उनले बताए ।

भरतपुर महानगरको न्यायिक समितिका संयोजक चित्रसेन अधिकारीले आफ्नो पालिकाभित्र दुवै पक्षको हित हुनेगरी फैसला हुने गरेको बताए । हरेक वडा कार्यालयमा मेलमिलाप समिति रहेको भन्दै उनले शुरुआती समयमा वडामा विवाद मिलाउने प्रयास हुने र वडामा मिल्न नसकेमा महानगरको मेलमिलाप समितिमा आउने उनले बताए । महानगरको मेलमिलाप समितिबाट समेत मेलमिलाप हुन नसकेको मुद्दामात्र न्यायिक समितिमा आउने उनको भनाइ छ । न्यायिक समितिले पहिलो पक्ष र दोस्रो पक्षलाई बोलाएर छलफल गरी दुवै पक्षको हित हुनेगरी निर्णय गर्ने उनले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)